माछापोखरीमा स्कुटरसहित युवक मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

हेटौँडा । हेटौँडास्थित माछापोखरीको बीच सडकनजिकैको कुलोमा स्कुटरसहित एक युवक मृत अवस्थामा फेला परेका छन्।

करिब २५ वर्षीय देखिने युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। यामाहा रे जेडआर स्कुटरसहित उनी सडकको बायाँतर्फ रहेको कुलोमा फेला परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *