सुर्खेत हिरासतमा थुनिएका युवक मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३०

सुर्खेत, जेठ ३० — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ। वीरेन्द्रनगर–१० का २१ वर्षीय साबिर बक्स शनिबार बिहान अचेत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार उनलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा मृत घोषणा गरिएको थियो। बक्स चोरीसम्बन्धी मुद्दामा पक्राउ परेर अनुसन्धानको प्रक्रियामा रहेका थिए।

घटनापछि परिवारजनले हिरासतभित्र भएको मृत्युबारे शंका व्यक्त गरेका छन्। यद्यपि प्रहरीले मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र स्पष्ट हुने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *