काठमाडौँ, असोज १९ गते – देशका विभिन्न स्थानमा गएको दुई दिन (असोज १८ र १९) को अबिरल वर्षापछि आएको बाढी, पहिरो, चट्याङ, सवारी दुर्घटना र खोलाले बगाउँदा कम्तीमा ४० जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन्।
सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ, जहाँ इलाम जिल्लामा मात्रै २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, उदयपुर, खोटाङ र पाँचथर जिल्लामा गरी ९ जनाले ज्यान गुमाएका छन् भने ५ जना अझै बेपत्ता छन्।
मधेस प्रदेश अन्तर्गत रौतहटमा ३ जनाको मृत्यु भएको छ र बारामा १ जना बेपत्ता भएका छन्।
बागमती प्रदेशमा पनि मानवीय क्षति देखिएको छ। रसुवा जिल्लामा ४ जना र काठमाडौँमा १ जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार अहिले पनि उद्दार तथा खोजी कार्य जारी छ भने जोखिममा रहेका क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तर वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेको हुँदा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्