देउवाका लागि इतर समूहको कार्यालयमै छुट्टै कार्यकक्ष

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले पूर्वसभापति शेरबहादुर देउवाका लागि चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा छुट्टै कार्यकक्ष तयार गरेको छ। देउवा पाँच महिनापछि सिंगापुरबाट उपचार सकेर बिहीबार नेपाल फर्किएपछि उनलाई बाजागाजासहित उक्त कार्यालयमा लगिएको हो।

देउवाको कार्यकक्षबाहिर र चेम्बरमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट राखिएको छ। कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भइसके पनि इतर समूहले उनको नेतृत्वलाई स्वीकार गरेको छैन।

देउवाको स्वागतमा इतर समूहका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए। कांग्रेसको नेतृत्वसम्बन्धी विवादबीच देउवाको छुट्टै कार्यकक्ष र सभापतिको नेमप्लेट राखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *