काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध जस्तोसुकै दबाब र षड्यन्त्र भए पनि सामना गर्न तयार रहेको बताएका छन्। विदेशबाट फर्किएपछि चुनदेवीस्थित कांग्रेसको संस्थापनइतर पक्षको कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको दाबी गरे।
देउवाले आफू र पत्नी आरजु राणा देउवालाई विभिन्न मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाए। अदालत र सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनबाट आफूहरूलाई राहत मिलेको उल्लेख गर्दै उनले देशमा न्यायपालिका र सचेत नागरिक अझै सक्रिय रहेको बताए।
उनले विगतका घटनाबाट आफू नडराएको संकेत गर्दै सबै विषय क्रमशः स्पष्ट हुँदै जाने दाबी गरे। ‘राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन् भने अरूले के गर्न सक्छन्?’ भन्दै देउवाले आफ्ना समर्थकलाई आश्वस्त पार्ने प्रयास गरे।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्