तनहुँ : तनहुँमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विकासका लागि विदेशी ऋणमा निर्भर हुने अवस्था अन्त्य गर्दै आफ्नै आम्दानी बढाउने नीति सरकारले लिएको बताएका छन्। जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै उनले करको दायरा फराकिलो बनाएर राज्यको आम्दानी वृद्धि गर्न खोजिएको बताए।
सरकारको नियमित खर्च धान्नसमेत ऋण लिनुपर्ने अवस्था रहेको भन्दै उनले कर तिर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। विकासको अपेक्षा ठूलो भए पनि देशको आर्थिक सामथ्र्य सीमित रहेको अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ छ।
वाग्लेले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखिएको बताए। साथै, प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने वातावरण निर्माणको काम पनि अघि बढाइने जानकारी दिए।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्