त्रिभुवन विमानस्थलमा नेपाली मूलका नागरिकका लागि छुट्टै सेवा काउन्टर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ९

काठमाडौँ— त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा अब नेपाली मूलका विदेशी नागरिक तथा गैरआवासीय नेपालीका लागि आगमन र प्रस्थान दुवै क्षेत्रमा छुट्टै डेस्क स्थापना गरिने भएको छ।

अध्यागमन विभागका अनुसार विदेशमा रहेका नेपाली मूलका समुदायलाई नेपालसँग अझ नजिक जोड्ने, साथै पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।

यस सम्बन्धमा विमानस्थल कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइसकेको छ। लामो समयदेखि माग गर्दै आएको एसोसिएसन अफ नेपाली ओरिजिनले सरकारको निर्णयलाई स्वागत गर्दै यसले विश्वभरका नेपाली मूलका नागरिकमा सम्मानको भावना बढाउने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *