१० लाख स्रोत नखुलेको रुपैयाँसहित २ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १३

काठमाडौं । स्रोत नखुलेको १० लाख नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका–२ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्सा धोबिनी गाउँपालिका–२ गुलरिया टोल बस्ने ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि लुकाई ल्याएको उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि मोटरसाइकल चालक गिरी र मोटरसाइकल सवार पटेललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *