साढे १० लाख नगदसहित दुईजना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाडौं । काठमाडौं महानगरपालिका–१ जय नेपाल हलनजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनील श्रेष्ठ पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२ ५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *