स्रोत नखुलेको रकमसहित महोत्तरीमा १ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ८

काठमाण्डौँ । स्रोत नखुलेको रकमसहित महोत्तरीबाट एकजना पक्राउ परेका छन् ।

मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३०० रूपैयाँसहित सम्सी गाउँपालिका–७ बस्ने गौतम साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको प्रहरीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म।प्र। ०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई नगदसहित बिहीबार पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *