हवाई इन्धन महँगिएपछि आन्तरिक उडानको टिकट भाडा बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २०

काठमाडौं । हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको फ्यूल सरचार्ज वृद्धि गरेको छ। नयाँ भाडादर बुधबारदेखि लागू भएको हो।

नयाँ व्यवस्थाअनुसार काठमाडौं–धनगढी, काठमाडौं–नेपालगञ्ज, काठमाडौं–भद्रपुर, काठमाडौं–पोखरालगायत विभिन्न गन्तव्यका उडान महँगा भएका छन्। सबैभन्दा बढी भाडा विराटनगर–धनगढी रुटमा बढेको छ।

प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरसहित सबै आन्तरिक वायुसेवा कम्पनीलाई संशोधित फ्यूल सरचार्ज लागू गर्न निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *