हवाई जहाजको अधिकतम भाडादर समायोजन, कुन रुटमा कति मूल्य घट्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १८

काठमाण्डौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ । हवाई इन्धनको मूल्यमा घटेपछि प्राधिकरणले यस्तो सरचार्ज समायोजन गरेको हो ।

नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ कटौती गरेको थियो । यसको आधारमा प्राधिकरणले शुक्रबार नयाँ इन्धन शुल्क निर्धारण गरेको हो । योसँगै हवाई जहाजको अधिकतम भाडा दर घटेको छ ।

प्राधिकरणका अनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम क्षेत्रका लागि प्रतिमिनेट ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ ।

कुन रुटमा कति घट्यो भाडा ?

नयाँ भाडा दर अनुसार काठमाडौँबाट हुने उडानमा सबैभन्दा धेरै धनगढी रुटमा २६५ रुपैयाँले शुल्क घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले घटेको छ । काठमाडौँबाट उडान भर्ने रुटमा देहाय बमोजिमको सरचार्ज शुल्क घटेको छ ।

उल्लेखित बाहेक माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, काठमाडौँ–लुक्ला ८० रुपैयाँ, काठमाडौँ–जोमसोम १२० रुपैयाँ, काठमाडौँ–फाप्लु ७० रुपैयाँ, काठमाडौँ–जुम्ला १९० रुपैयाँ, नेपालगन्ज–सिमिकोट १२० रुपैयाँ फ्युल सरचार्जबापत समायोजन भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *