|
२०८२ माघ १८
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी दुवै इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो।
नयाँ मूल्यअनुसार पहिलो वर्गमा डिजेल/मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३८ रुपैयाँ र तेस्रो वर्गमा १३९ रुपैयाँ पुगेको छ।
यस्तै, निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर १ रुपैयाँले घटेर १२७ रुपैयाँ कायम भएको छ भने अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ तोकिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्