|
२०८२ फाल्गुन ४
काठमाडौं, फागुन ४ — सरकारी स्वामित्वको नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको जनाएको हो।
नयाँ समायोजनपछि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङमा भने पेट्रोल १५५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ।
त्यस्तै, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० पैसा तोकिएको छ।
मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजनका कारण आन्तरिक बजारमा पनि मूल्य हेरफेर गरिएको हो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्