|
२०८२ कार्तिक १५
काठमाडौं । अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि चितवन जिल्ला प्रशासन कार्यालयले नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार तुइनभिरलगायत क्षेत्रमा खसेको पहिरो हटाइए पनि अझै उच्च जोखिम कायम छ।
आवश्यक परे सावधानीपूर्वक यात्रा गर्न र यात्रा अघि सम्बन्धित प्रहरी कार्यालयबाट जानकारी लिन पनि प्रशासनले अनुरोध गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्