|
२०८२ कार्तिक १
चितवन । चितवनको गाइघाटमा नारायणगढ-मुग्लिन सडकखण्डमा पाँचभन्दा बढी सवारी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
चितवन प्रहरीका अनुसार एक गाडी ठोक्किएपछि श्रृंखलाबद्ध रूपमा अन्य सवारीहरू दुर्घटनामा परेका हुन्।
पाँच जना घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको छ भने अन्य विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्