अन्नपूर्ण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा पर्यटक संख्या झण्डै दोब्बर भएको हो। सबैभन्दा धेरै भारतबाट तीन लाख ७५ हजार ७९७ पर्यटक आएका छन् भने चीन र अमेरिकाबाट पनि उल्लेख्य पर्यटक भित्रिएका छन्।

पोखरा, मुक्तिनाथलगायत गन्तव्यको प्रचारप्रसार, सहज यातायात र सामाजिक सञ्जालको प्रभावले भारतीय पर्यटक बढेको आयोजना प्रमुख रवीन कडारियाले बताए।

अन्नपूर्ण क्षेत्र पदयात्रा, प्राकृतिक सौन्दर्य र हिमाली संस्कृतिका कारण विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *