विद्युत् बक्यौता उठाउन सरकारलाई घिसिङको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
साउन १०, २०८३

काठमाडौँ : पूर्वऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूको बाँकी विद्युत् महसुल असुलीमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

उनले अर्बौं रुपैयाँ बक्यौता उठाउने विषयमा सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए। कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै घिसिङले उद्योगबाट बाँकी रकम तत्काल उठाउन माग गरेका छन्।

सर्वसाधारण उपभोक्तामाथि कर र शुल्कको भार बढाउने तर ठूला उद्योगको बक्यौता असुलीमा ढिलाइ गर्नु विरोधाभासपूर्ण भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *