मकवानपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाण्डौँ । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

फापर बारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल सोमबार राति नालामा खस्दा मोटरसाइकलका चालक मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *