आज मौसममा बदली र वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २१

काठमाडौँ, जेठ २१ — पश्चिमी क्षेत्रमा सक्रिय न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने तथा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्छ। गण्डकी, कर्णाली, कोशी, बागमती र अन्य पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता, मधेस, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएकाले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। रातिको समयमा पनि केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *