काठमाडौँ, श्रावण ४ — अमेरिका र इरानबीचको सैन्य तनाव झन् बढ्दै गएको छ। अमेरिकाले लगातार नवौँ रात इरानमा हवाई आक्रमण गरेपछि इरानले पनि अमेरिकी सैन्य लक्ष्यहरूमा प्रतिआक्रमण तीव्र पारेको जनाएको छ।
अमेरिकाले हर्मुज जलघाँटी क्षेत्रमा इरानी सैन्य क्षमता कमजोर बनाउने उद्देश्यले कारबाही जारी रहेको बताएको छ। उता, इरानले कुवेतस्थित अमेरिकी अड्डा तथा सिरियाको अल–तान्फ क्षेत्रमा आक्रमण गरेको दाबी गरेको छ। घटनापछि कुवेत, बहराइन र जोर्डनमा सुरक्षा सतर्कता बढाइएको छ।
युद्धका कारण हर्मुज जलघाँटीमा जहाज आवतजावत प्रभावित भएको छ भने इरानले केही जहाज रोकेको दाबी गरेको छ। पछिल्लो झडपमा दुवै पक्षमा मानवीय क्षति भएको बताइएको छ। यसबीच, इरानको निर्माणाधीन आणविक ऊर्जा केन्द्रमा भएको भनिएको अमेरिकी आक्रमणबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले अध्ययन गरिरहेको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्