|
२०८३ जेष्ठ ३१
काठमाडौँ, जेठ ३१ — मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले अघि बढिरहेको अमेरिका–इरान वार्तामा सम्भावित सम्झौता नजिकिएको संकेत देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति भएलगत्तै रणनीतिक महत्त्वको हर्मुज जलमार्ग सबैका लागि खुला हुने दाबी गरेका छन्। यद्यपि इरानले सम्झौताको समयसीमा अझै निश्चित नभएको बताउँदै सावधानीपूर्ण धारणा राखेको छ।
पाकिस्तानलगायत मध्यस्थकर्ताहरूले वार्ता अन्तिम चरणमा पुगेको जनाउँदै आगामी दिनमा निष्कर्ष आउन सक्ने अपेक्षा गरेका छन्। सम्झौतामा इरानको आणविक कार्यक्रम र हर्मुज जलमार्गको व्यवस्थापन प्रमुख विवादका विषय बनेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्