|
२०८३ असार ७
जेनेभा : मध्यपूर्व संकट समाधानका लागि अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डको जेनेभामा सुरु हुँदैछ । वार्तामा इरानको आणविक कार्यक्रम र लेबनान युद्धविरामका विषयमा छलफल हुने बताइएको छ ।
वार्ताअघि इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने चेतावनी दिएको छ । विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने हर्मुज क्षेत्रमा तनाव बढेपछि अमेरिका पनि सतर्क अवस्थामा रहेको जनाएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताबाट प्रगतिको अपेक्षा व्यक्त गरेका छन् । इरानी टोलीमा सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी छन् ।
यसैबीच दक्षिणी लेबनानमा इजरायल र हिज्बुल्लाहबीच झडप जारी छ । दुवै पक्षले युद्धविराम उल्लंघनको आरोप एकअर्कामाथि लगाएका छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्