|
२०८२ चैत्र ७
लन्डन, ७ चैत । इरानसँग बढ्दो तनावका बीच बेलायतले संयुक्त राज्य अमेरिकालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको छ।
डाउनिङ स्ट्रिटका अनुसार हर्मुज क्षेत्रमा भइरहेका आक्रमण नियन्त्रण गर्न र जहाज सुरक्षाका लागि यस्तो कदम चालिएको हो। बेलायतले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर जल यातायात सुरक्षित बनाउने तयारी पनि गरेको जनाएको छ।
यद्यपि, आफू ठूलो युद्धमा संलग्न हुन नचाहेको बेलायतले स्पष्ट पारेको छ। यसैबीच इरानले भने अमेरिका र उसका सहयोगीहरूलाई सैन्य गतिविधि नगर्न चेतावनी दिएको छ, जसले क्षेत्रीय तनाव अझ बढाउने संकेत देखिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्