११ महिनामै २१ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८२/८३ को जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव २ प्रतिशतले वृद्धि हुँदै २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ थियो।

यस अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजारभन्दा बढी रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७३५ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *