|
२०८२ माघ १४
नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो।
बैंकले यस अवधिमा २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेकाले नाफा बढ्न सहयोग पुगेको बैंकले जनाएको छ।
पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा पुगेको छ भने नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा कायम छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्