३१ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नै ८ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएकाे छ । नेपाल राष्ट्र बैंकले तयार गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ८ खर्ब ९ अर्ब ८९ करोड रेमिट्यान्स आएको उल्लेखित छ ।
गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब ८० अर्ब ८४ करोड रेमिट्यान्स आएको थियो भने यो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले बढी आएको छ।
कोभिडको प्रभावबीच पनि नेपालीको प्रमुख रोजगार गन्तव्यहरुको कोभिडलाई नियन्त्रण गर्दै आर्थिक गतविधि चलायमान बनाउने सफल भएको र गैरआवाशीय नेपालीले पनि कोभिडले गर्दा समस्यामा परेका आफन्तलाई रकम पठाउँदा रेमिट्यान्स बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
त्यस्तै अहिले वैदेशिक रोजगारीमा गएकालाई जिन्सी सामान ल्याउन कडाई भएको छ भने कोभिडपछि वैदेशिक व्यापारमा प्रयोग हुने हुन्डी पनि बैंकिङ प्रणालीमार्फत आउन लागेको पनि रेमिट्यान्स बढेको जानकारहरु बताउँछन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्