डलर बलियो हुँदा पुसमा भित्रियो २ खर्ब रेमिट्यान्स

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १९

काठमाण्डौँ । चालु आर्थिक वर्ष पुसमा मात्रै करिब २ खर्ब रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलर बलियो हुँदा नेपाल भित्रिने रेमिट्यान्स बढेको हो ।

अमेरिकी डलर तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै आएको छ । एक अमेरिकी डलर बराबर १ सय ४६ रुपैयाँ पुगेको छ । त्यसले गर्दा पनि रेमिट्यान्स आप्रवाह धेरै भएको हो । साथै, रेमिट्यान्स थोरै पठाउँदा पनि बढेको समयमा धेरै पठाउने गर्छन । त्यसले पनि रेमिट्यान्स वृद्धिमा थप मद्दत पुगेको हो ।

चालु आव ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अुनसार सोही अवधिमा भित्रिएको कुल रेमिट्यान्स १० खर्ब ६२ अर्ब पुगेको छ ।

गत आव पुसम्ममा विप्रेषण आप्रवाह ४।२ प्रतिशतले बढेको थियो । २०८२ पुसमा विप्रेषण आप्रवाह १ खर्ब ९१ अर्ब ६२ करोड छ । गत आव सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड थियो ।

चालु आव ६ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । गत आव यस्तो आप्रवाह २।७ प्रतिशतले बढेको थियो ।

चालु आव पुससम्म खुद द्वितीय आय ९खुद ट्रान्सफर० ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड थियो ।

चालु आव पुससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २ लाख ६ हजार ८ सय ७ र पुनस् श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७ सय ३३ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Kristina1357

    February 3, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *