वर्षायामसँगै सर्पदंशको जोखिम बढ्यो, नवलपुरमा धेरै घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सर्पदंशका बिरामीको संख्या उल्लेख्य देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका स्वास्थ्य संस्थामा ६७० जना सर्पले टोकेका बिरामी पुगेका छन्।

तीमध्ये २५ जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ। तराई क्षेत्र, वनजंगल, खेतीपाती र वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले नवलपुर सर्पदंशको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीले सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल अस्पताल पुग्न सुझाव दिएका छन्। खेतबारीमा काम गर्दा जुत्ता लगाउने, राति हिँड्दा टर्च प्रयोग गर्ने र घर वरपर सरसफाइ राख्नुपर्ने उनीहरूको आग्रह छ।

गण्डकी प्रदेशभर चालु आर्थिक वर्षमा एक हजार ५६० सर्पदंशका घटना दर्ता भएका छन्। तीमध्ये ९२ जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *