नवलपुरमा पहिरो: तीनजना बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ११

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा शुक्रबार बिहान खसेका पहिरोमा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । उनका अनुसार पहिराले पुरेका अवस्थामा उहाँलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरामा बेपत्ता भएकाको खोजी जारी छ ।

पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया , सात वर्षीया नातिनी भूमिसरा र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए । रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *