काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा २ हजार ५२ र ४ हजार ६७२ एन्टिजेन परीक्षण गर्दा ३८१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ।
बिहीबार १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५६१, कास्कीमा २५२, झापा र चितवनमा १५३/१५३ जना, ललितपुरमा १०६ र मोरङमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीमा ७१, भक्तपुरमा ६६, रुपन्देहीमा ५१, मकवानपुरमा ४६, कैलालीमा ४३, नवलपरासी पुर्वमा ४०, नुवाकोटमा ३६, बाँकेमा ३५, पर्वतमा ३०, सुर्खेतमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।
बागलुङमा १९, गोरखामा १८, काभ्रेपलाञ्चोक र जुम्लामा १६/१६ जना, इलाममा १५, सिन्धुली, तनहुँ र स्याङजामा १४/१४ जना, म्याग्दी र दाङमा १२/१२ जना, पाल्पामा ११ जना तथा धनकुटामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया