राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक संसद्मा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विधेयक प्रस्तुत गरेकी हुन्। विधेयकले विद्यार्थीमा अनुशासन, देशप्रेम र जनसेवाको भावना विकास गर्ने तथा आवश्यकताअनुसार नागरिकलाई तालिम दिएर स्वयंसेवकका रूपमा परिचालन गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

सरकारले उक्त विधेयक असार १६ गते संघीय संसद् सचिवालयमा दर्ता गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *