|
२०८३ जेष्ठ ६
काठमाण्डौँ । प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार बिहान ११ बजे बस्ने भएको छ । बुधबारको बैठकका निर्धारित कार्यसूचीहरूका कामहरू भएपछि सभामुख अर्यालले बिहीबारसम्मको लागि बैठक स्थगित गरेका हुन् ।
बुधबारको बैठमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेस गरिन् ।
त्यसैगरी, मन्त्री गौतमले नै मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पनि सदनसमक्ष प्रस्तुत गरिन् । त्यस्तै, विभिन्न समयमा सदनमा उठेका विषयहरूमा सञ्चारमन्त्री विक्रम तिमल्सिना र श्रममन्त्री रामजी यादवले जवाफ दिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्