काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानको म्याद थपका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ ।
त्रिभुवन विश्वविद्यालयसँगको २५ वर्षको सम्झौता सकिन लागेसँगै क्यानले सम्झौता अवधि थपका लागि राखेप र युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाएको हो ।
क्यानको पत्र आइपुगेको र थप छलफल गरेर अगाडि बढ्ने राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।
यस्तै मन्त्रालयले पनि राखेपबाट आएको पत्रअनुसार अगाडि बढ्ने जनाएको छ । ‘बोधार्थको रुपमा मन्त्रालयमा पनि पत्र आएको छ । राखेपबाट कस्तो खालको कुरा आउँछ । सोहीअनुसार अगाडि बढाउँछौं’ मन्त्रालय स्रोतले जनाएको छ ।
क्यानले २०५९ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत त्रिविसँग सम्झौता गरेको थियो । ठूलाठूला खेल हुँदा महिनौंसम्म विश्वविद्यालयको अध्ययन अनुसन्धानको काम प्रभावित हुने गरेको त्रिविको निष्कर्ष छ ।
सोही बमोजिम विश्वविद्यालयले ४ वैशाखमा आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न क्यानसहित १८ वटा निकायलाई अल्टिमेटम सहितको ३५ दिने सूचना जारी गरेको थियो ।
तर, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्