काठमाडौं: त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले गुणस्तरीय सेवा थप्दै देशभर पुग्ने उद्देश्य राखेको छ। अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले २१औँ वार्षिक साधारणसभामा नयाँ प्रविधि र पूर्वाधार विकासमा जोड रहेको जानकारी दिए।
गत आर्थिक वर्षमा अस्पतालले १,६४,५७० जनाको आँखा परीक्षण र १०,३९० शल्यक्रिया सम्पन्न गरेको थियो। चालु वर्षमा १,७७,५०० जनाको बहिरङ सेवा र १२,५३० शल्यक्रियाको लक्ष्य छ। हाल अस्पतालमा १६ नेत्र विशेषज्ञ र १४१ कर्मचारी कार्यरत छन्।
अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा ७५० बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराएको छ। कोषाध्यक्ष अनिलप्रसाद गोर्खालीले अस्पतालको कुल सम्पत्ति रु ७२ करोड र आम्दानी रु २५ करोड भएको जानकारी दिए।
राजाराम श्रेष्ठले अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रूपमा विकास गर्न रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरे।अघिल्लो आर्थिक वर्षमा राजधानी बाहिर १५ निःशुल्क शल्यक्रिया शिविर सञ्चालन र रु ३५ लाख बराबर चस्मा तथा औषधि वितरण गरिएको थियो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्