|
२०८३ असार १८
किभ, असार १८ – रूसले युक्रेनको राजधानी किभमा गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
स्थानीय प्रशासनका अनुसार आक्रमणले आवासीय क्षेत्र, भवनहरू तथा आपतकालीन सेवामा समेत क्षति पुर्याएको छ। केही बालबालिका पनि घाइते भएका छन्। हवाई सुरक्षाले धेरै मिसाइल र ड्रोन रोक्ने प्रयास गरे पनि शहरभर विस्फोटका आवाज सुनिएको बताइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई सर्वसाधारण लक्षित भएको आरोप लगाउँदै रूसले लामो समयदेखि ठूलो आक्रमणको तयारी गरेको बताएका छन्। यसबीच सुरक्षा जोखिमलाई ध्यानमा राख्दै पोल्यान्डले आफ्नो हवाई क्षेत्रमा लडाकु विमान परिचालन गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्