इरानसँग निरन्तर संवाद भइरहेको ट्रम्पको दाबी, वार्ता नरोकिने स्पष्टोक्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौं, जेठ २० — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको कूटनीतिक वार्ता रोकिएको भन्ने समाचारहरू गलत भएको दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरान र अमेरिकाबीच चौबीसै घण्टा संवाद भइरहेको उल्लेख गर्दै पछिल्ला दिनहरूमा पनि निरन्तर कुराकानी भएको बताएका छन्।

उनका अनुसार वार्ता कुनै पनि चरणमा रोकिएको छैन र पछिल्ला केही दिनमा समेत नियमित संवाद जारी रहेको छ।

यसअघि इरानले क्षेत्रीय तनावका कारण वार्ता प्रभावित भएको संकेत दिएको भए पनि अमेरिकी पक्षले संवाद निरन्तर भइरहेको स्पष्ट पारेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *