|
२०८३ असार ९
काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आज बदली रहने तथा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भेगका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको जनाइएको छ।
यता मधेस तथा अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लामा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्