आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम खुल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

काठमाडौँ, असार ६ — देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशका केही तथा बागमती र गण्डकीका थोरै पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ। यता मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *