|
२०८३ असार ७
काठमाडौं, असार ७ — कर्णाली प्रदेशको हुम्ला जिल्लामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २:३२ बजे श्रीनगर आसपासलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको कम्पन हुम्लासँगै आसपासका केही क्षेत्रमा पनि अनुभव गरिएको बताइएको छ। यद्यपि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
सम्बन्धित निकायले सम्भावित प्रभावबारे निगरानी जारी राखेको जनाएको छ। भूकम्पपछि स्थानीयवासी केही समय खुला स्थानतर्फ निस्किएको जानकारी प्राप्त भएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्