इन्धन कर छुटको अवधि बढाउँदै अष्ट्रेलिया सरकार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

क्यानबेरा: अष्ट्रेलिया सरकारले पेट्रोलियम पदार्थमा लगाइएको अन्तःशुल्क छुटको अवधि थप एक महिना विस्तार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीजले जुलाई १ देखि अगस्ट २ सम्म प्रतिलिटर १६ सेन्टको राहत निरन्तर रहने बताएका छन्।

सरकारले विश्व बजारमा तेलको मूल्य वृद्धि र बढ्दो जीवनयापन खर्चको असर कम गर्न यस्तो निर्णय गरिएको जनाएको छ। अगस्ट २ पछि भने इन्धनमा पुरानै अन्तःशुल्क दर लागू हुने बताइएको छ।

अर्थमन्त्री जिम चाल्मर्ससहितका मन्त्रीहरूले इन्धन मूल्य स्थिर राख्न र सर्वसाधारणलाई राहत दिन छुट अवधि बढाइएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *