पेट्रोलियम पदार्थको संकटका कारण घरबाटै काम गर्न सरकारको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २४

काठमाण्डौँ । सरकारले ’वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्न आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो ।

सरकारले ’वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइकी छन् ।

सरकारले ऊर्जा बचतमा ध्यान दिएकाले जनतालाई पनि संयमित भएर एकसाथ उभिन आग्रह गरेको उनको भनाइ छ । सरकारले आजको बैठकबाट पेट्रोलियम पदार्थको आयातमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *