काठमाण्डौँ । पछिल्लो समय जापान सरकारले विदेशीमाथि कडाइ गर्ने नीति सार्वजनिक गरेको छ । जापान सरकारले एकपछि अर्को गर्दै विदेशी नीतिमा कडाइ गर्दै आएको हो ।
सरकारले गत नोभेम्बर ४ मा पहिलोपटक विदेशी नीतिसम्बन्धी मन्त्रीहरुको बैठक आयोजना गर्यो । उक्त बैठकमा प्रधानमन्त्री सानाए ताकाइचीले विदेशी सम्बन्धी हालका नियम र प्रणालीहरुको उचित र सुनिश्चित गर्न निर्देशन दिइन् ।
यसरी हेर्दा हिजोआज जापानको प्रमुख राजनीतिक मुद्दा नै विदेशी नागरिक बन्ने गरेका छन् । जापानको नयाँ राजनीतिक दल सान्सेइतोउ पार्टीले विदेशीहरू माथि कडाइ गर्नुपर्ने विषयलाई कडा रुपमा अवाज उठाउँदै आएको छ ।
गत महिना मात्र जापान सरकारले विदेशीहरुले व्यवसाय गर्नका लागि प्रयोग गर्दै आएको व्यवसाय व्यवस्थापक भिसालाई संशोधन गर्दै कडाइ गर्ने घोषण गरेको थियो । यतिबेला भने जापानले स्वास्थ्य बीमा र पेन्सनको नीतिलाई अघि सारेको छ ।
सन् २०२७ को जुन महिनादेखि राष्ट्रिय स्वास्थ्य बीमा (एनएचआइ) को बक्यौता नतिर्ने विदेशी नागरिकको भिसा नवीकरण नहुने भएको छ । सरकारले स्वास्थ्य बीमा, पेन्सन र अन्य कर नतिर्ने विदेशीको भिसा रद्द गरिने जनाएको छ । साथै भिसा परवर्तनसमेत गर्न नमिल्ने गरी तयारी गरिरहेको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्