बिटुमिन अभावले अरनिको सडक विस्तार सुस्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

काभ्रे, असार ४ — अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य कच्चा पदार्थ ‘बिटुमिन’को अभावका कारण करिब दुई महिनादेखि प्रभावित बनेको छ।

सडकको पहिलो चरणको कालोपत्रे सम्पन्न भए पनि बाँकी भागको पक्कीकरण र अन्तिम ‘अस्फाल्ट’ तह हाल्ने काम रोकिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। आवश्यक सामग्री आयात भएपछि बाँकी डेढ किलोमिटर सडकमा दोस्रो चरणको काम अघि बढाइने बताइएको छ।

चार किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको निर्माण कम्पनीसँग पुसभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने र मर्मतका काम जारी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *