हराएकामध्ये अधिकांशको प्रहरीले लगायो पत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

भैरहवा, असार ४ — रुपन्देही प्रहरीले हराएका व्यक्तिको खोजी अभियानलाई तीव्र बनाउँदै जेठ महिनामा बेपत्ता भएका १०८ जनामध्ये ६१ जनालाई फेला पारेको जनाएको छ।

फेला परेकामध्ये बालबालिका, महिला र पुरुष रहेका छन्। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी परिवारको सम्पर्कमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

यसका साथै अघिल्ला महिनादेखि खोजी सूचीमा रहेका थप नौ जनालाई पनि सुरक्षित रूपमा भेट्टाएर आफन्तको जिम्मा लगाइएको छ। प्रहरीले हराएका व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *