नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नतिमा तीव्रता, ११ किमि भागमा नयाँ कालोपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

चितवन — पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मलेखु सडकखण्डमा हालसम्म ११ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर थपिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार तेस्रो चरणअन्तर्गत करिब ४० प्रतिशत प्रगति भएको छ। कुरिनटार, फिस्लिङ र चरौदी क्षेत्रमा कालोपत्र तथा बेस राख्ने काम जारी छ।

३८ किलोमिटर लामो यो सडक स्तरोन्नति विश्व बैंकको करिब ४ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोगमा अघि बढाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *