इरान युद्ध रोक्न प्रारम्भिक सहमति भएको ट्रम्पको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

जेनेभा, असार २ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौता भएको दाबी गरेका छन्।

फ्रान्समा भएको जी–सेभेन शिखर सम्मेलनका क्रममा उनले सम्झौतामा हस्ताक्षर भइसकेको र यसको विवरण छिट्टै सार्वजनिक गरिने बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार आगामी दिनमा जेनेभामा औपचारिक हस्ताक्षर हुने तयारी छ।

सम्झौताअनुसार इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विषय आगामी वार्तामा टुंग्याइने बताइएको छ। यद्यपि, यो दाबीबारे आधिकारिक पुष्टि भने पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *