काठमाडौं — अमेरिकाका राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन्।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत प्रतिक्रिया दिँदै खामेनीको मृत्यु भएको उल्लेख गरेका हुन्। उनले खामेनीलाई “इतिहासकै क्रूर व्यक्तिमध्ये एक” भन्दै उनको मृत्युले इरान तथा विश्वका विभिन्न देशका पीडितहरूका लागि न्याय मिलेको दाबी गरेका छन्।
यसअघि इजरायलले राजधानी तेहरान लगायत इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो। ट्रम्पले उक्त कारबाहीमा अमेरिकाको संलग्नता रहेको संकेतसमेत गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै खामेनीको मृत्यु भएको दाबी गरिएको जनाएको छ। आक्रमणपछि भग्नावशेषमुनि उनको शव फेला परेको उल्लेख गरिएको छ।
यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खामेनीको मृत्यु भएको संकेत देखिएको बताएका छन्।
यद्यपि, इरान सरकारले यसबारे आधिकारिक पुष्टि गरेको छैन। घटनाको यथार्थ अवस्था स्पष्ट हुन बाँकी रहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्