|
२०८३ जेष्ठ १९
काठमाडौँ — प्रतिनिधि सभाको बैठक जेठ २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगनको निर्णय गरेका हुन्।
सोमबार बसेको बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै सदनको वेल घेराउ गरेपछि कार्यसूची अघि बढ्न सकेन। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका थिए।
विपक्षी दलहरूले जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भएको प्रश्नोत्तर सत्रमा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उक्त भनाइप्रति प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनीहरूको माग छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्