|
२०८३ जेष्ठ ३१
काठमाडौँ, जेठ ३१ — डोनाल्ड ट्रम्पले इरानसँगको विवाद समाधानका लागि महत्वपूर्ण सहमति छिट्टै हुन सक्ने बताएका छन्। उनले सम्झौता भएलगत्तै क्षेत्रीय व्यापार र आवागमन सहज बन्ने दाबी गरेका छन्।
यता इरानले भने वार्ता सकारात्मक दिशामा भए पनि सम्झौता तत्काल नहुने स्पष्ट पारेको छ। इरानी पक्षले सहमतिका विषयमा थप छलफल आवश्यक रहेको जनाएको छ।
वार्तामा मध्यस्थताको भूमिका खेलिरहेको पाकिस्तानले पनि निकट भविष्यमै प्रक्रिया टुंगो लाग्ने अपेक्षा व्यक्त गरेको छ। लामो समयदेखि इरानको आणविक कार्यक्रमलाई लिएर जारी विवाद समाधानतर्फ वार्ता केन्द्रित रहेको बताइएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्